दफा
खाध्य सहायता परिचयपत्र
(१) नियम ६ बमोजिम तयार गरिएको अभिलेखको आधारमा स्थानीय तहले ऐनको दफा ६ बमोजिम लक्षित घर परिवारलाई अनुसूची-३ बमोजिमको ढाँचामा खा सहायता परिचयपत्र जारी गर्नेछ।
(२) उपनियम (१) बमोजिमको खाद्य सहायता परिचयपत्रको मान्य अवधि एक वर्षको हुनेछ र खाद्य:सहायता परिचयपत्र प्राप्त व्यक्तिले त्यस्तो परिचयपत्र प्रत्येक वर्ष सम्बन्धित स्थानीय तहबाट नवीकरण गराउनु पर्नेछ।
(३) ऐनको दफा ५ को उपदफा (३) बमोजिम खाद्य असुरक्षाको जोखिममा रहेका लक्षित घर परिवारको अभिलेखबाट हटाइएको अवस्थामा त्यस्तो घर परिवारको नाममा जारी भएको खाद्य सहायता: परिचयपत्र सम्बन्धित स्थानीय तहले खारेज गर्नेछ।
(४) उपनियम (३) बमोजिम, खान्न सहायता परिचयपत्र खारेज गरेकोमा त्यसको जानकारी सम्बन्धित घर परिवारलाई खा सहायता उपलब्ध गराइरहेको सुपथ मूल्य पसल वा नियम २७ बमोजिमको सार्वजनिक खाद्य वितरण केन्द्रलाई यथाशीघ्र दिनु पर्नेछ।